Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


मिर्मिरेको साधारण सभा सम्पन्न


काभ्रेपलान्चोक जिल्लाको बनेपा ८, पुलबजारमा केन्द्रीय कार्यालय रही देशभर सातै प्रदेशमा कार्यबिस्तार गरि उनानसाठी शाखा कार्यालयहरु मार्फत करिब बैसठी हजार बिपन्नबर्गका सेवाग्राहीहरूलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको नेपाल राष्ट्र बैंक बाट घ बर्गको अनुमति प्राप्त मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं बार्षिक साधारण शभा भव्यताका साथ काभ्रेको धुलिखेल स्थित मिरायावल रिसोर्टको गुरांश सभाहलमा सम्पन्न गरेको छ । यस पटकको साधारण सभामार्फत नया संचालक चयन गर्नुपर्ने वैधानिक प्रावधान रहेकोमा सभालाई चौतर्फी चासोको रुपमा हेरिएको थियो । साधारण सभाकोलागी पुर्व प्रकाशित सूचनाद्धारा पुर्व निर्धारित समय अनुसारनै सोमबार बिहान ११ : ४५ मा कार्यक्रमको आरम्भ भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर बोहराको सभाअध्यक्षतामा संचालन भएको थियो। कार्यक्रममा संस्थाका शेयर धनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नियमित साधारण सभाको उक्त कार्यक्रमलाई दुइ चरणमा विभाजन गरि सम्पन्न गरिएको थियो , प्रथम चरण सभा उद्घाटन तथा औपचारिक स्वागत मन्तब्यका साथमा अध्यक्षको प्रतिवेदन प्रस्तुतिको कार्यक्रम लगायत बिशेष प्रस्ताव र सो सम्बन्धि छलफल तथा अनुमोदनको कार्यक्रम रहेको थियो भने दोश्रो चरण संचालक समितिको निर्वाचनको कार्यक्रम रहेको थियो । पानसमा दिप प्रज्वलन गरि सभाध्यक्षले कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका संचालक समितिका सदस्य सन्तोष फुयालले गरेका थिए ,अध्यक्षको प्रतिवेदन उपर सामान्य छलफल पश्चात अनुमोदन भएको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष बोहराले संस्थाले संस्थापकएवं सर्वसाधारण लगानीकर्ता, सेवाग्राहीवर्ग र कार्यरत जनशक्तिको त्रिपक्षीय सन्तुलन कायम गर्दै विविध चुनौती हरुको सामना गर्दै संस्था सफलता पुर्वक अघि बढिरहेको बताए , नियमनकारी निकायको निर्देशनअनुरुप लघुवित्त वित्तीय संस्थाहरु एक अर्कामा प्राप्ति तथा विलय (मर्जर एक्विजिसन) को बिषय अत्यन्त पेचिलो बन्दै गैरहेको , लघुवित्तको कार्यक्षेत्रमा व्यापक मात्रामा चुनौतिहरु देखा परेको भन्दै संस्थाले थप चुनौती व्यहोर्नुपरेकोमा समेत सफलता हासिल गरिरहेकोमा संस्थाको व्यवस्थापनलाई धन्यबाद समेत दिएका थिए ।कार्यक्रममा सहभागी शेयरधनीहरु मन वाहिङ्ग राई, लिलाराज पौडेल,कन्चन कृष्ण न्यौपाने, नारायण बस्नेत लगायतकाले आआफ्नो मन्तब्य राख्नु भएको थियो।
अघिल्लो पटक मर्जरको सवालमा संस्थाले गाभ्ने गाभिने सम्झौता गरेका लघुवित्त कम्पनीहरु सम्झौताप्रति इमान्दार नरहेकोले सम्झौता भंग भएको बताउदै हालै एक अर्को लघुवित्त संस्थासंगको सम्झौताएम।ओ।यु। सम्पन्न गरि केन्द्रिय बैंक समक्ष दर्ता समेत भैसकेको र चालु आर्थिक बर्षको आगामी त्रैमास भित्रै एकीकृत कारोबार सम्पन्न हुनेगरी कार्यारम्भ गर्न तदारुकता साथ दुवै कम्पनीहरु अघि बढेको समेत खुलासा गर्नु भएको हो ।संस्थाले लघुवित्त कार्यक्रमको अलावा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पाल्पाको दमगाडास्थितदृष्टिविहिन बिपन्न विद्यार्थीको पठनपाठनको सहयोगार्थ कम्प्युटर उपलब्ध गराएको , कैलालीको लम्किचुहा तिघरी स्थित बाल निकेतन आधारभूत बिद्यालयका बिपन्न विद्यार्थीको लागी पोशाक छात्रवृत्ति प्रदान गरेको, बैंक वित्तीय संस्थाको पहुच नपुगेको बाँके जिल्लाको नरैनापुर गाउँपालिकामानिशुल्क स्वास्थ्य शिविर संचालन गरेको , असाहय सडक मानव तथा सडक बालबालिकाको संरक्षणमा जुटिरहेका संस्थाहरुलाई सहयोग कार्यक्रम सम्पन्न गरेको जानकारि गराउदैभविष्यमा समेत मानवताको सर्वोपरी हितमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मुखरित गरिने बताउनु भयो ।
संचालकहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्वाचनअधिकृत सन्तराम फुयालले परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।कार्यक्रममा संस्थालाई विविध आरोह अवरोहको वावजुद यस स्थान सम्म ल्याउन अथक मेहनत गरि सफल रहेको भन्दै संस्थापक शेयरधनि तथा लगानीकर्ता परिवारको तर्फबाटसंस्थापकद्वय राम प्रसाद भण्डारी र प्रकाश कोइरालाले अध्यक्ष टेक बहादुर बोहराको साथमा संचालक सन्तोष फुयाललाई सम्मान(पत्रप्रदान गर्नु भएको थियो ।
नवनिर्वाचित संचालकहरुको पहिलो बैठक संस्थाको केन्द्रिय कार्यालयमा सोमबार साँझ सम्पन्न गरि टेक बहादुर बोहरालाई पुनः अध्यक्षमा मनोनित गरेको हो । आगामी चार बर्षका लागि अध्यक्ष बोहराको नेतृत्वमा मिर्मिरेका संचालकहरुमा सन्तोष फुयाल, सुबर्ण पाण्डे , मनि थापा, स्वयम्भु श्रेष्ठ र सन्जु घिमिरे रहेका छन् ।समितिले नियमानुसार केन्द्रीय बैंक समक्ष सपथ ग्रहण गर्ने छ ।
२०२६ सालमा सुदूरपश्चिमको अछामको दुर्गम गा।बि।स।पायलमा जन्मेका बोहरा प्रदेश नं। ७ का युवा उद्योगपति व्यवसायीको रुपले चिनिन्छन्। रामारोशन इट्टा उद्योग ,तथा जय बागेश्वरी आयल स्टोरका प्रोपाइटर बोहरा मिर्मिरेका संस्थापक अध्यक्ष राम प्रसाद भण्डारी पश्चात अविछिन्न रुपमा अध्यक्षको जिम्मेवारीमा छन् , यस पटक समेत बोहरालाई साधारण सभाले अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
 
गत आर्थिक बर्षमा २७६ जना कर्मचारी ५९ शाखा कार्यालय सहित १२ करोड ८७ लाख ८६ हजार ४ सय चुक्ता पुजी, २ अर्ब ४७ करोड लगानीमा रहिरहेको कर्जा ३१ हजार ऋणी , ८७ करोड निक्षेप सहित ६१ हजार निक्षेपकर्ता रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था हाल घोषित ४५ प्रतिशतको बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलब ३७ प्रतिशतकोलाभांश पारित भए संगै संस्थाको कुल चुक्ता पुंजी १८ करोड ६७ लाख ४० हजार २ सय ८० हुनेछ । आ।ब। २०७५र०७६ मा प्रति शेयर आम्दानी ५६ प्रतिशत रही लगानीकर्तालाई देश भरमै कार्यरत लघुवित्त वित्तीय संस्था मध्ये सर्वाधिक प्रतिफल दिने लघुवित्त कम्पनिकोसूचीमा आफुलाई दोश्रो स्थानमा उभ्याउन सफल रहेको मिर्मिरेको शेयर खरिद(बिक्रि सम्बन्धिकारोबार भने मर्जर प्रक्रिया, साधारण सभा लगायतको कारण बन्द रहेकोमा निकट भविष्यमै खुल्ला हुने सम्बन्धित व्यवस्थापक क्यापिटल एस.बि.आइ. क्यापिटलले बताएको छ ।







Back To Top