Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


2021-03-19

अफ्ट्यारोमा परेकालाई न्यानो सहयोग

अफ्ट्यारोमा परेकालाई न्यानो सहयोग

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ उपत्यकाभित्रका सडक मानव र दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने मानिसहरुलाई एकदिनको खाना तथा सडकमा छाडा छोडिएका पशुहरुलाई खानेकुरा खुवाइएको छ ।
कोरोना भाइरस ( कोभिड—१९ ) को माहामारीबाट बच्न नेपाल सरकारले पुरै देश नै बन्दाबन्दी गरेको अवस्थामा देशका कल—कारखाना तथा दैनिक काम गर्ने स्थान बन्द भएका कारण दैनिक कमाई गरि खाने मानिसहरु समस्यामा परेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै संस्थाले बन्दाबन्दीसँगै दैनिकरुपमा समस्यामा परेका ज्यालादारी तथा मजदुरी गरिखाने मानिसहरुलाई नियमित भोजन तथा राहत उपलब्ध गराउँदै आएको शाकाहारी पाटीसँगको सहकार्यमा भोजन गराएको हो । साथै, सडकमा छाडा छोडिएका पश्हरुलाई खानेकुरा समेत खुवाइएको छ ।
मिर्मिरे लघुवित्तले नियमित कारोवारका अतिरिक्त सामाजिक जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समयमा आईपर्ने विपतमा राहतकार्यक्रम समेत गर्दै आइरहेकोमा अहिलेको अवस्था नै घर भित्र बसेर काम गरीरहेका संघ संस्थाहरुलाई सहयोगी हात अघि बढाउने समय भएकाले सम्भव भए प्रदेश अनुसार नै कार्यक्रमको सहकार्य गर्ने साथै कोही पनि पैसा नभएको कारणले भोको पेट सुत्न नपरोस् भन्ने मनसायले अझै विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।

2021-03-19

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तका कर्मचारीबिच

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तका कर्मचारीबिच

मिति २०७६ चैत्र १ गते शनिवार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड तथा स्वेडा लघुवित्त बित्तीय संस्था लिमिटेड बिच परिचयात्मक तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविलाल सिटौलाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष टेक बहादुर बोहरा प्रमुख अतिथि, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने अतिथि, नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा अतिथि रहनु भएको थियो ।
बिजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपुरमा सञ्चालन भएको कार्यक्रमको उद्देश्य दुबै संस्थामा कार्यरत विद्यमान जनशक्तिकाबीच कार्यसञ्चालनको तौरतरीका र अनुभव आदान–प्रदानगर्दै जाँदा एकिकृत कारोवार पश्चात प्रभावकारी कार्यसञ्चालनमा सहयोय पुग्ने रहेको थियो ।
कार्यक्रममा मिर्मिरे लघुवित्तको कार्य सञ्चालन पद्घती, लघुवित्त भनेको के हो, लघुवित्तमा कार्यक्रममा महिला नै किन, रोजगारीको सिर्जनामा लघुवित्तको योगदान, सबल संस्था बनाउन मर्जर र कर्मचारीको भूमिका विषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिडेका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, कर्जा असुलि तथाव् यवस्थापन विभाग प्रमुख बेद प्रसाद आचार्य, तालिम तथा सामाजिक विकास विभाग प्रमुख बिकल काफ्ले, अनुगमन अधिकृतहरु रमेश घिमिरे, किरण विष्ट तथा शाखा प्रबन्धक सरस्वती तिवारीको प्रस्तुत्ति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि टेक बहादुर बोहराले संस्था सबल भए कर्मचारीको पनि वृद्धि विकास हुने मन्तव्य राख्दै उच्च मनोवलका साथ कार्य गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष छविलाल सिटौलाले मिर्मिरे लघुवित्तसँग एक्वीजिसन हुन लागेको खुशि व्यक्त गर्दै एक्वीजिसन पहिले नै स्वेडाका कर्मचारीहरुलाई तालिम दिई हौसला बढाएकोमा हार्दिक धन्यवाद दिदैँ आउँदो दिनमा संस्थाले सबल अनि विश्वसनिय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

2021-03-19

मिर्मिरे लघुवित्तले डाक्यो विशेष साधारणसभा

मिर्मिरे लघुवित्तले डाक्यो विशेष साधारणसभा

केन्द्रीय कार्यालयमा गर्ने भएको छ। काठमाण्डौ । स्वेडा लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले आगामी चैत १७ गते सोमबार काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा विशेष साधारणसभा डोकेको हो। सभामा स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गरिनेछ। यो प्रक्रिया प्रयोजनका लागि मूल्यांकनकर्ताबाट चलअचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्ति प्रतिवेदनका आधार स्वेडा लघुवित्तको समायोजित सेयरमूल्य सभाले अनुमोदन गर्नेछ। त्यस्तै स्वेडा लघुवित्त प्राप्ति सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति तथा दिायित्वको मूल्यांक प्रतिवेदन तथा प्राप्ति सम्बनधमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सोसम्बन्धमा भएका कामकारबाही तथा खर्च पनि सभाले अनुमोदन गर्नेछ। प्राप्तिपछि मिर्मिरे लघुवित्तको पुँजी संरचनामा हुने परिवर्तनबमोजिम पुँजी संरचना समायोजन गर्न सेयर जारी गर्ने तथा सोपश्चात कायम हुने चुक्ता पुाँजीको आधारमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पारित हुनेछ। प्राप्ति प्रक्रिया पूरा भएपछि मिर्मिरेलाई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा स्तरोन्नति गर्ने प्रस्ताव पनि पनि पारित हुनेछ। विशेष साधारणसभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले चैत ७ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।यसैबीच मिर्मिरे लघुवित्तमा विलय हुन लागेको स्वेडा लघुवित्तले पनि आउँदो चैत १७ गते नै आफ्नो दोस्रो वार्षिक साधारणसभा धादिङको धार्केस्थित सभामा मिर्मिरे लघुवित्तमा गाभिने विषयमा भए गरेका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरिनेछ।

2021-03-19

मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कालिकास्थान, रसुवा र चोकदे, नुवाकोट अन्तर्गत केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता र वित्तीय साक्षरताको महत्वको विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरको छ ।
संस्थाले कालिका हिमालय मा.वि कालिकास्थान रसुवामा कक्षा ७, ८ र ९ का छात्र÷छात्रा तथा शिक्षक वर्गको सहभागितामा वित्तीय साक्षरता जनचेतना र वित्तीय साक्षरताको महत्व विषयक बक्तृत्वकला प्रतियोगिता गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय साक्षरता भनेको के हो, बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य र यसको प्रकार, बचत र बचतको महत्व, कर्जा, उद्यमशीलता, पैसा, बीमा लगायतको विषयमा प्रशिक्षण गरिएको थियो । बक्तृत्वकला प्रतियोगितामा प्रतियोगी छात्र÷छात्राहरुले वित्तीय संस्थाले गरेको विकास, महत्व र विद्यार्थीहरुले यसमा खेल्न सक्ने विषयको बारेमा भनाईहरु प्रस्तुत गरेका थिए । आ–आफ्नो भनाई राख्ने क्रममा प्रतियोगिहरुले नेपालमा अहिले प्रविधिमा फड्को मारे सँगै महिला सशक्तिकरणमा लघुवित्तले खेलेको भूमिका साथै सामूहिक जमानिको आधारमा लगानी गरिने विना धितो कर्जाले सशक्तिकरणमा पु¥याएको भूमिका बारे चर्चा गरेका थिए ।
प्रतियोगि विद्यार्थीहरुलाई प्रथम, द्वितीय, तृतीय र सान्तवना विधामा पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा कालिका हिमालय मा.वि की शिक्षिकाले वित्तीय साक्षरता जनचेतना तथा बक्तृत्वकला प्रतियोगिताले विद्याथीहरुलाई वित्तीय साक्षरताको ज्ञानको साथै बैंक तथा वित्तीय संस्थाको काम बारे जानकारी भएको बताएकी थिईन ।
 
त्यस्तै, शाखा कार्यालय चोकदे, नुवाकोटमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, व्यवसायिक योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भूमिका र बैकिङ्ग सम्बन्धि महत्वपूर्ण जानकारी, भिडियो तथा नाटक मार्फत स्पष्ट गरिएको थियो । उक्त कर्यक्रममा समुहमा आबद्ध १०० भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो भने केन्द्रीय कार्यालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, तालिम तथा सामाजिक बिकास विभाग प्रमुख बिकल काफ्ले, शाखा प्रबन्धकहरु ध्रुव भण्डारी, कृष्ण खड्का, झपट खड्का, कर्मचारीहरु कटक बहादुर शाह, दिपक कुवंर लागायतको उपस्थीती रहेको थियो । कार्यक्रममा आ.व. २०७६÷०७७ मा उत्कृष्ट भएका विभिन्न सदस्य तथा केन्द्रहरुलाई सम्मान गरिएको थियो
कार्यक्रमको समापनमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर वोहराले सदस्यहरुले उठाएको गुनासोहरुको सम्बोधन गर्दै कर्जा सदुपयोगिता, बचतको महत्व र धेरै संस्थाबाट कर्जा कारोबार गर्दा हुन सक्ने जोखिमका बारेमा सुझाउदै, सदस्यहरुलाई मेहनत गरी उद्यमगर्न सुझाव दिएका थिए ।
2021-03-19

मिर्मिरे लघुवित्तको त्रैमासिक समिक्षा सम्पन्न

मिर्मिरे लघुवित्तको त्रैमासिक समिक्षा सम्पन्न

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा लघुवित्त व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको बनेपा, मकवानपुरको हेटौडा र कैलालीको घोडाघोडीमा कार्यक्रम सम्पन्न भएको हो ।
 
दोस्रो समिक्षा गोष्ठीमा शाखा कार्यालयहरुले प्राप्त गरेका लक्ष्य साथै लघुवित्तमा देखिएका चुानौतीको न्यूनीकरण विषयमा छलफल गरिएको थियो । तालिम कार्यक्रममा शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई लघुवित्त व्यवस्थापन, विकास, तनाब व्यवस्थापन, आत्मविश्वास, रुपान्तरण, सम्झौता र सञ्चारको विषयमा प्रकाश कोइरालाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेकबहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर .बोहरा, मानब संशोधन विभाग प्रमुख लोमश भट्टराई, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आचार्य, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख सुशिलकुमार बुढा लगायतको उपस्थिति तथा प्रशिक्षण दिएका थिए ।
 
कार्यक्रमको समापनमा बोल्दै संस्था अध्यक्ष बोहराले लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकाले सबैले जिम्मेवार तथा गम्भीर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गर्न निर्देशन तथा सुझाव दिएका थिए ।
2021-03-19

मिर्मिरे लघुवित्तका सदस्यहरुले गरे धार्मिकस्थलसँगै विभिन्न लघु उद्यमी परियोजना स्थलको भ्रमण

मिर्मिरे लघुवित्तका सदस्यहरुले गरे धार्मिकस्थलसँगै विभिन्न लघु उद्यमी परियोजना स्थलको भ्रमण

लुम्बिनी । मिर्मिरे लघुवित्त शाखा कार्यालय हात्तिसुडेका ६० जना सदस्यहरुले विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौत्तम बुद्घको जन्म स्थल लुम्बिनीको भ्रमण र चौधरी ग्रुपद्घारा निर्मित नबलपरासीको पर्यटकीय स्थल शास्वतधामको अबलोकन साथै शाखा कार्यालय दुम्कीबास को सदुपयोगीता अवलोकन भ्रमण गरेका छन् । भ्रमण बर्ष २०२० को अवसर पारेर सहभागीहरुलाई लक्षित भ्रमण स्थलको आसपास रहेका सफल लघु उद्यमी सदस्यहरुको परियोजना स्थलको भ्रमण गराई लघु उद्यमतर्फ आकर्षित गराई लघुवित्तको माध्यमद्वारा उद्यमशिलता, स्वरोजगारीपना एवम् आत्मनिर्भरता तर्फ डो-याउने मुख्य ध्येयले संस्थासँग आबद्घ आफ्ना लक्षित वर्गका सेवाग्राही सदस्यहरुलाई विभिन्न स्थलहरुको भ्रमण गराउने योजनाअन्तर्गत नै कार्यक्रमको आयोजना भएको हो । भ्रमणका दौरान जिल्ला नवलपरासी शाखा कार्यालय दुम्कीबासअन्तर्गतकी सदस्य सितादेवि रानाभाटले सञ्चालन गरेको उन्नत जातको खसि, बाख्रा तथा गाई पालन फर्मको अवलोकन गराइएको थियो । फर्ममा ९ वटा जर्सी क्रस ब्रिडर जातका गाईहरु, ४३ वटा बोयर तथा स्थानीय नस्लका खसि, बाख्रा पालन रहेको छ । उनले अन्र्तक्रियाको क्रममा मिर्मिरे दूम्कीबासबाट सत्तरी हजार कर्जा कारोबारबाट शुरु गरिएको बाख्रा पालन अहिले परिबारकै मुख्य आम्दनीको स्रोत भएको बताएकी थिइन् । उनले उपस्थित सम्पूर्ण सदस्यहरुलाई धेरै संस्थाबाट कर्जा कारोबार गर्दा उद्यम गर्न गाह्रो साथै आम्दानी गर्न गाह्रो हुने बताएकी थिइन् । अवलोकनकै क्रममा केन्द्र नं १० का सदस्यहरुले फूल, खादा र अविर लगाई आफ्नो केन्द्रमा स्वागत गरेका थिए । भेटघाटकै क्रममा आफ्नो ठाउँमा अबलोकनको कार्यक्रम राखिदिएकोमा संस्थालाई धन्यबाद दिंदै आउँदा दिनमा अझै महिला दिदी–बहिनीहरुलाई स्वागत गर्ने मैका दिन संस्थालाई आग्रह समेत गरेका थिए ।
भ्रमण वर्ष सफल पार्न आयोजना गरिएको कार्यक्रमबाट महिला सदस्यहरुले नयाँ ठाउँको अवलोकन साथै उद्यम गर्ने प्रेरणा मिर्मिरेका महिला सदस्यहरुले मिर्मिरेकै महिला सदस्यहरुबाट प्राप्त गर्ने विश्वासका साथ कार्यक्रमको आयोजना भएको फेनहरा ब्लक स्टेशन प्रमुख रमेश घिमिरेले बताए ।
दुई दिने भ्रमण कार्यक्रमकै दौरानमा शाखा कार्यालय शिशैका कर्मचारीहरुले अबलोकनमा आएका सदस्यहरुसँग स्वागत अभिवादन समेत गरेका थिए । दुई दिने कार्यक्रमको समापनमा बोल्दै संस्थाका अधिकृत चेरनेटा ब्लक स्टेसन प्रमुख सुरेश खड्काले यस्ता कार्यक्रमले संस्था भित्रकै सदस्यहरुबीच माया स्नेह बढ्ने साथै एकलाई पर्दा अर्काले सहयोग गर्ने बानिको बिकास हुने र समुहमा धेरै रमाइलो, खर्च मितव्ययी र सामूहिक भावनाको विकास हुने विश्वास व्यक्त गरेका थिए ।

2021-03-19

स्वेडालाई एक्वायर गर्न लागेको मिर्मिरेको नाफामा उल्लेख्य सुधार

स्वेडालाई एक्वायर गर्न लागेको मिर्मिरेको नाफामा उल्लेख्य सुधार

स्वेडालाई एक्वायर गर्ने प्रक्रियामा रहेको मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा उल्लेख्य बढेको छ भने अन्य सूचकहरुमा पनि सोही अनुसारको सुधार देखिएको छ।
 
 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ७७ लाख मात्र खुद नाफा कमाएको थियो।
 
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा उल्लेख्य बढेको हो। ९१ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ सापटीबाट २ अर्ब ५२ करोड २० लाख कर्जा लगानी गरेको यस लघुवित्तले पुस मसान्तसम्ममा १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड २१ लाख रुपैयाँ बढी हो।
 
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड १९ लाख रुपैयाँ बढेर ५ करोड ४० लाख पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.७१ प्रतिशतबाट बढेर १.४८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा ९१ लाख ७८ हजार रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले १ करोड ९० लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको छ।
 
पुस मसान्तसम्ममा १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ।
 
किसान र नागबेली लघुवित्तसँग मर्जर भाँडिएपछि हाल यस लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वायर गर्ने प्रक्रिया शुरु गरेको छ। प्राप्ति पश्चात यी दुई कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ। प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ।
 
गत बैशाख ३० गते मिर्मिरे, किसान र नागबेली लघुवित्तले एक आपसमा मर्जर गर्ने सम्झौता गरेका थिए। तीन कम्पनीहरुबिच स्वाप रेशियोको कुरा नमिलेपछि मर्जर भाँडिएको थियो। मर्जर सम्झौता गरेदेखि नै लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ।
2021-03-19

मिमिर्रे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराद्धारा सपथ ग्रहण

मिमिर्रे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराद्धारा सपथ ग्रहण

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष टेक बहादुर बोहराले सपथ ग्रहण गरेका छन् । अध्यक्ष बोहराले बिहीबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहकाबीच का.मु कार्यकारी निर्देशक किरण पण्डीतबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् ।
संस्थाको नवौं बार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भई संचालक समितिको बैठकले बोहरालाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष बोहराले सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका का.मु कार्यकारी निर्देशक लाई धन्यवाद दिएकाछन् ।
कार्यक्रममा नवनियुक्त संञ्चालक समितिका सदस्य सन्तोष फूयाल, स्वयम्भू श्रेष्ठ, सन्जु घिमिरे तथा कम्पनी सचिव तुलसीराम पाठकको उपस्थिति रहेको थियो भने नेपाल राष्ट्र बैंकको तर्फवाट उपनिर्देशक विरेन्द्र दत्त अवस्थी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2021-03-19

मिर्मिरेको साधारण सभा सम्पन्न

मिर्मिरेको साधारण सभा सम्पन्न

काभ्रेपलान्चोक जिल्लाको बनेपा ८, पुलबजारमा केन्द्रीय कार्यालय रही देशभर सातै प्रदेशमा कार्यबिस्तार गरि उनानसाठी शाखा कार्यालयहरु मार्फत करिब बैसठी हजार बिपन्नबर्गका सेवाग्राहीहरूलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको नेपाल राष्ट्र बैंक बाट घ बर्गको अनुमति प्राप्त मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं बार्षिक साधारण शभा भव्यताका साथ काभ्रेको धुलिखेल स्थित मिरायावल रिसोर्टको गुरांश सभाहलमा सम्पन्न गरेको छ । यस पटकको साधारण सभामार्फत नया संचालक चयन गर्नुपर्ने वैधानिक प्रावधान रहेकोमा सभालाई चौतर्फी चासोको रुपमा हेरिएको थियो । साधारण सभाकोलागी पुर्व प्रकाशित सूचनाद्धारा पुर्व निर्धारित समय अनुसारनै सोमबार बिहान ११ : ४५ मा कार्यक्रमको आरम्भ भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर बोहराको सभाअध्यक्षतामा संचालन भएको थियो। कार्यक्रममा संस्थाका शेयर धनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नियमित साधारण सभाको उक्त कार्यक्रमलाई दुइ चरणमा विभाजन गरि सम्पन्न गरिएको थियो , प्रथम चरण सभा उद्घाटन तथा औपचारिक स्वागत मन्तब्यका साथमा अध्यक्षको प्रतिवेदन प्रस्तुतिको कार्यक्रम लगायत बिशेष प्रस्ताव र सो सम्बन्धि छलफल तथा अनुमोदनको कार्यक्रम रहेको थियो भने दोश्रो चरण संचालक समितिको निर्वाचनको कार्यक्रम रहेको थियो । पानसमा दिप प्रज्वलन गरि सभाध्यक्षले कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका संचालक समितिका सदस्य सन्तोष फुयालले गरेका थिए ,अध्यक्षको प्रतिवेदन उपर सामान्य छलफल पश्चात अनुमोदन भएको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष बोहराले संस्थाले संस्थापकएवं सर्वसाधारण लगानीकर्ता, सेवाग्राहीवर्ग र कार्यरत जनशक्तिको त्रिपक्षीय सन्तुलन कायम गर्दै विविध चुनौती हरुको सामना गर्दै संस्था सफलता पुर्वक अघि बढिरहेको बताए , नियमनकारी निकायको निर्देशनअनुरुप लघुवित्त वित्तीय संस्थाहरु एक अर्कामा प्राप्ति तथा विलय (मर्जर एक्विजिसन) को बिषय अत्यन्त पेचिलो बन्दै गैरहेको , लघुवित्तको कार्यक्षेत्रमा व्यापक मात्रामा चुनौतिहरु देखा परेको भन्दै संस्थाले थप चुनौती व्यहोर्नुपरेकोमा समेत सफलता हासिल गरिरहेकोमा संस्थाको व्यवस्थापनलाई धन्यबाद समेत दिएका थिए ।कार्यक्रममा सहभागी शेयरधनीहरु मन वाहिङ्ग राई, लिलाराज पौडेल,कन्चन कृष्ण न्यौपाने, नारायण बस्नेत लगायतकाले आआफ्नो मन्तब्य राख्नु भएको थियो।
अघिल्लो पटक मर्जरको सवालमा संस्थाले गाभ्ने गाभिने सम्झौता गरेका लघुवित्त कम्पनीहरु सम्झौताप्रति इमान्दार नरहेकोले सम्झौता भंग भएको बताउदै हालै एक अर्को लघुवित्त संस्थासंगको सम्झौताएम।ओ।यु। सम्पन्न गरि केन्द्रिय बैंक समक्ष दर्ता समेत भैसकेको र चालु आर्थिक बर्षको आगामी त्रैमास भित्रै एकीकृत कारोबार सम्पन्न हुनेगरी कार्यारम्भ गर्न तदारुकता साथ दुवै कम्पनीहरु अघि बढेको समेत खुलासा गर्नु भएको हो ।संस्थाले लघुवित्त कार्यक्रमको अलावा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पाल्पाको दमगाडास्थितदृष्टिविहिन बिपन्न विद्यार्थीको पठनपाठनको सहयोगार्थ कम्प्युटर उपलब्ध गराएको , कैलालीको लम्किचुहा तिघरी स्थित बाल निकेतन आधारभूत बिद्यालयका बिपन्न विद्यार्थीको लागी पोशाक छात्रवृत्ति प्रदान गरेको, बैंक वित्तीय संस्थाको पहुच नपुगेको बाँके जिल्लाको नरैनापुर गाउँपालिकामानिशुल्क स्वास्थ्य शिविर संचालन गरेको , असाहय सडक मानव तथा सडक बालबालिकाको संरक्षणमा जुटिरहेका संस्थाहरुलाई सहयोग कार्यक्रम सम्पन्न गरेको जानकारि गराउदैभविष्यमा समेत मानवताको सर्वोपरी हितमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मुखरित गरिने बताउनु भयो ।
संचालकहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्वाचनअधिकृत सन्तराम फुयालले परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।कार्यक्रममा संस्थालाई विविध आरोह अवरोहको वावजुद यस स्थान सम्म ल्याउन अथक मेहनत गरि सफल रहेको भन्दै संस्थापक शेयरधनि तथा लगानीकर्ता परिवारको तर्फबाटसंस्थापकद्वय राम प्रसाद भण्डारी र प्रकाश कोइरालाले अध्यक्ष टेक बहादुर बोहराको साथमा संचालक सन्तोष फुयाललाई सम्मान(पत्रप्रदान गर्नु भएको थियो ।
नवनिर्वाचित संचालकहरुको पहिलो बैठक संस्थाको केन्द्रिय कार्यालयमा सोमबार साँझ सम्पन्न गरि टेक बहादुर बोहरालाई पुनः अध्यक्षमा मनोनित गरेको हो । आगामी चार बर्षका लागि अध्यक्ष बोहराको नेतृत्वमा मिर्मिरेका संचालकहरुमा सन्तोष फुयाल, सुबर्ण पाण्डे , मनि थापा, स्वयम्भु श्रेष्ठ र सन्जु घिमिरे रहेका छन् ।समितिले नियमानुसार केन्द्रीय बैंक समक्ष सपथ ग्रहण गर्ने छ ।
२०२६ सालमा सुदूरपश्चिमको अछामको दुर्गम गा।बि।स।पायलमा जन्मेका बोहरा प्रदेश नं। ७ का युवा उद्योगपति व्यवसायीको रुपले चिनिन्छन्। रामारोशन इट्टा उद्योग ,तथा जय बागेश्वरी आयल स्टोरका प्रोपाइटर बोहरा मिर्मिरेका संस्थापक अध्यक्ष राम प्रसाद भण्डारी पश्चात अविछिन्न रुपमा अध्यक्षको जिम्मेवारीमा छन् , यस पटक समेत बोहरालाई साधारण सभाले अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
 
गत आर्थिक बर्षमा २७६ जना कर्मचारी ५९ शाखा कार्यालय सहित १२ करोड ८७ लाख ८६ हजार ४ सय चुक्ता पुजी, २ अर्ब ४७ करोड लगानीमा रहिरहेको कर्जा ३१ हजार ऋणी , ८७ करोड निक्षेप सहित ६१ हजार निक्षेपकर्ता रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था हाल घोषित ४५ प्रतिशतको बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलब ३७ प्रतिशतकोलाभांश पारित भए संगै संस्थाको कुल चुक्ता पुंजी १८ करोड ६७ लाख ४० हजार २ सय ८० हुनेछ । आ।ब। २०७५र०७६ मा प्रति शेयर आम्दानी ५६ प्रतिशत रही लगानीकर्तालाई देश भरमै कार्यरत लघुवित्त वित्तीय संस्था मध्ये सर्वाधिक प्रतिफल दिने लघुवित्त कम्पनिकोसूचीमा आफुलाई दोश्रो स्थानमा उभ्याउन सफल रहेको मिर्मिरेको शेयर खरिद(बिक्रि सम्बन्धिकारोबार भने मर्जर प्रक्रिया, साधारण सभा लगायतको कारण बन्द रहेकोमा निकट भविष्यमै खुल्ला हुने सम्बन्धित व्यवस्थापक क्यापिटल एस.बि.आइ. क्यापिटलले बताएको छ ।
2021-03-19

मिर्मिरेका लगानीकर्ताद्धारा बोहरा र फुयाल सम्मानित

मिर्मिरेका लगानीकर्ताद्धारा बोहरा र फुयाल सम्मानित

काभ्रेपलान्चोक जिल्लाको बनेपा पुलबजारमा केन्द्रीय कार्यालय रही देशभर सातै प्रदेशमा कार्य बिस्तार गरि उनानसाठी शाखा कार्यालयहरु मार्फत करिब बैसठी हजार बिपन्नबर्गका सेवाग्राहीहरूलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको नेपाल राष्ट्र बैंक बाट घ बर्गको अनुमति प्राप्त मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको नवौं बार्षिक साधारण शभा कार्यक्रमको अवसरमा संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउदै विविध चुनौती,आरोह,अवरोहको वावजुद यस स्थानसम्म ल्याउन अथक मेहनत गरि सफल रहेको भन्दै संस्थापक शेयरधनि तथा लगानीकर्ता परिवारको तर्फबाट संस्थापकद्वय राम प्रसाद भण्डारी र प्रकाश कोइरालाले संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरालाई सम्मान गरेका हुन् । साथमा संचालक सन्तोष फुयाललाई पनि संस्था संचालनमा अहम भूमिका निर्वाह गर्न सफल रहेको भनि सम्मान पत्रप्रदान गरीएको थियो । संस्थाको सभा भव्यताका साथ काभ्रेको धुलिखेल स्थित मिरायावल रिसोर्टको गुरांश सभाहलमा सम्पन्न भएको थियो । साधारण सभाको लागी पुर्व प्रकाशित सूचनाद्धारा पुर्व निर्धारित समय अनुसारनै सोमबार बिहान ११स् ४५ मा कार्यक्रमको आरम्भ भई दिउसो २ बजे कार्यक्रम समापन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर बोहराको सभा अध्यक्षतामा संचालन भएको थियो।

2021-03-19

मिर्मिरे लघुवित्तको भजनी शाखाद्धारा केन्द्र प्रमुख गोष्टी सम्पन्न

मिर्मिरे लघुवित्तको भजनी शाखाद्धारा केन्द्र प्रमुख गोष्टी सम्पन्न

मिर्मिरे लघुवित्तको भजनी शाखाको केन्द्र प्रमुख गोष्टी सम्पन्न भएको छ । सो कार्यक्रममा संस्थाका विभागीय प्रमुख शुसिल कुमार बुढाले संस्थाको सेवा,सुविधा कर्जाको वारेमा आफ्नो भनाई राख्दै केन्द्र प्रमुख गोष्टी कार्याक्रमले केन्द्र प्रमुखले खेल्नुपर्ने भुमिकाको वारेमा बताउनु भयो । साथै उहाँले वित्तीय रुपमा साक्षर ब्यक्तिले कहिले पनि आर्थिक रुपमा पछाडी फर्केर हेर्नु नपर्ने बताउनु भयो ।
उक्त शाखाका शाखा प्रबन्धक नवराज उपाध्यायले स्वागत मन्तब्य सगैं शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो । त्यस्तै संस्था बाट कर्जा लिई सफल भएका सदस्यहरुले सफलताको कथा प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक बर्ष २०७६/७७ को पहिलो त्रायमास सम्ममा उत्क्रिष्ट कार्य गरेका ५ विधामा सम्मान तथा प्रशंसा–पत्र वितरण गरीएको थियो ।
सो कार्यक्रमले उद्यमशिलता विकास र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्यवसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो ।

2021-03-19

मिर्मिरे लघुवित्तको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्तको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खहरे बजार, पाल्पाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाल्पा जिल्ला तानसेन नगरपालिकामा अवस्थित दमकडा नमुना माध्यमिक विद्यालयलाई दृष्टिविहिन विद्यार्थीहरुको अध्ययन अध्यापन गराउन सहज होस भन्ने अभिप्रायले २ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्र.अ.मोहन राज सापकोटा लगायत विद्यालय परिवार, पुर्व विद्यालय प्र.अ. साथै मिर्मिरे लघुवित्त फेनेहरा ब्लक स्टेशन प्रमुख रमेश घिमिरे, खहरेबजार शाखाका सम्पुर्ण कर्मचारिहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्र.अ.मोहन राज सापकोटाले कम्पुटरले दृष्टिविहिन विद्यार्थीहरुलाई अध्ययन गर्न सहज हुने भन्दै सहयोग गरेकोमा खुशि व्यक्त गर्नुभयो । त्यस्तै ब्लक स्टेशन प्रमुख रमेश घिमिरेले विभिन्न ठाउँमा गर्दै आइरहेको सामाजिक क्रियाकलाप अन्र्तगत नै कार्यक्रमको आयोजना भएको बताउदै स्कुल परिवारले देखाएको तदारुकता र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

2021-03-19

मिर्मिरे लघुवित्तद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्तद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहिया, बाँकेले निःशुल्क स्वास्थ्य शिविर तथा डेंगू रोग सबन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल, बाँके, सामुदायिक प्रहरी सेवा केन्द्र, बाँके तथा नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनमा बाँके जिल्ला अन्र्तगत मटेहिया क्षेत्रमा करीब ९०० जना विरामिको चेक जाँच गरीएको थियो ।
 
सामुदायीक प्रहरी सेवा केन्द्र बाँकेका उपाध्यक्ष दिपेन्द्र जोशिको सभापतित्वमा सुरु भएको कार्यक्रममा बाँके क्षेत्र नं १ का संघिय सासंद महेशवर गहतराज(अथक) प्रमुख अतिथि, बाँके क्षेत्र नं १ का पदेश सासंद कृष्ण कु. के. सि(नमुना) विशिष्ट अतिथि, नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहम्द शाह विशिष्ट अतिथि, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार ब. खड्का अतिथि, जि.प्र.का. बाँकेका प्रहरी उपरीक्षक बीर ब. ओलि, नरैनापुर गाउँपालिका वडा नं ५का कृष्णा चन्द मौरीया, मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम काकी, प्रहरी निरिक्षक डा. महादेव देउजा, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेक ब. बहोरा लगाएत अन्य विशिष्टहरुको उपस्थीति रहेको थियो ।
 
करिब ९०० जना विरामीको चेक जाँच गरीएको शिविरमा आखाँ, कान, घाटी मुख, ढाँड, कम्मर, छाति, दन्त रोग, छाला सम्बन्धी रोग, महिला स्वास्थ्य सबन्धी रोगको उपचार साथै परामर्श गरीएको थियो । गम्भीर अवस्थामा भेटिएका विरामी लाई नेपालगंज रिफर गरिएको थियो ।
 
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले मिर्मिरे लघुवित्त साथै मध्य क्षेत्रीय प्रहरी अस्पताल तथा सामुदायकि प्रहरी सेवा कन्द्र, बाँके लाई विशेष धन्यवाद दिदै आउँदा दिनमा समेत स्थानीय तह सँग सहकार्य गर्न आग्रह गरेका थिए । जिल्लाका विशिष्ट व्यक्तीत्तवहरुको उपस्थीति रहेको कार्यक्रममा सम्पूर्णले कार्यक्रम दुर्गम तथा विकासले पछाडि परेको स्थान रोजेकोमा खुशि व्यक्त गरेका थिए ।
 
कार्यक्रमको समापनमा बाल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष टेक ब. बोहरा ले भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएता पनि नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको र विकासका पूर्वाधार नभएको अवस्थामा पनि मिर्मिरे लघुवित्तले वित्तीय पहुँचका लागि २ बर्ष देखिनै सेवा गर्दै आइरहेको जनाएका थिए । त्यस क्षेत्रमै वित्तीय सेवा दिने पहिलो संस्थाको रुपमा मिर्मिरे पुगेको बताउदै निःशुल्क स्वास्थ्य शिविर तथा डेंगू रोग सबन्धी जनचेतनामुलक कार्यक्रम गर्न सहकार्य गरेको मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल बाँके, नरुैनापुर गाउँपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र लाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।
2021-03-19

मिर्मिरे लघुवित्तका फिल्ड कर्मचारीलाई तालिम

मिर्मिरे लघुवित्तका फिल्ड कर्मचारीलाई तालिम

मिर्मिरे लघुवित्तले आफ्ना फिल्ड कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । दुई दिने तालिममा मध्य तथा सुदूरपश्चिमका विभिन्न शाखा बाट २५ जाना फिल्ड कर्मचारीहरुको सहभागिता थियो ।
 
तालिममा प्रमुख कार्यकारी अधिकृत बिर्ख व. वोहरा, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आर्चाय, सामाजिक विकास तथा तालिम विभाग प्रमुख बिकल काफ्ले, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख शुसिल कु. बुढा, सुचना प्रविधि विभाग प्रमुख मनिष श्रेष्ठ लगायत सहभागी थिए ।
 
लघुवित्तले कर्मचारीलाई व्यवसाय विस्तार, फिल्ड कर्मचारीको काम कर्तव्य र अधिकार, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व, केन्द्र व्यवस्थापन, गुणस्तरीय कर्जा लगानी, जोखिममा रहेका कर्जा व्यवस्थापन, वचतको महत्व, जोखिम व्यवस्थापन, लेखा तथा कार्यालय व्यवस्थापन, सूचना प्रविधि, व्यक्तित्व विकास तथा उत्प्रेरणा लगाएतको विषयमा तालिम दिएको छ ।
2021-03-19

मिर्मिरे लघुवित्तद्धारा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्तद्धारा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरे, सुर्खेतले स्थानीय प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा स्वास्थ्यका लागि जनचेतना अभियान कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु साथै समुदायका अन्य महिलाहरु लाई समेटेर पाठेघरको मुखको क्यानसर, वित्तीय साक्षरता विषयमा जनचेतना कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा लगभग ९० भन्दा बढि महिला सदस्यहरुको उपस्थिति रहेको थियो । महेलखना अस्पतालका प्रमुख रुपा रावल को आथित्यतामा संचालित उक्त कार्यक्रममा पाठेघरको मुखको क्यानसरको लक्षण, उपचारको उपाय, महिनावारी सरसफाई, तथा वाल विबाह, वित्तिय साक्षरता भनेको के हो ? यसको महत्व, यसबाट महिलाहरुलाई हुने फाइदा जस्ता विषयमा पावर प्वाइन्टको माध्यमबाट जानकारी गराइ अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, कर्जा असुलि तथा व्यवस्थापन विभागका सुरेश खड्का, महेलकुना प्रहरी चौकीका प्रतिनिधि, महेलकुना अस्पतालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै प्रतिनिधिहरुले वित्तीय संस्थाको आयोजनमा अरु संस्था तथा समाजमा काम गर्ने अन्य निकाय लाई पनि आफुनो सँग जोडेर कार्यक्रम गरेकाले उक्त कार्य उदाहरणीय भएको र आउँदा दिनमा समेत सहकार्य गर्न आग्रह समेत गरेका थिए ।

2021-03-19

प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरे लघुवित्तद्धारा सरसफाई कार्यक्रम सम्पन्न

प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरे लघुवित्तद्धारा सरसफाई कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहिया, बाँकेले नेपाल प्रहरी,सशत्र प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरेको सरसफाई अभियान अन्तर्रगत , “सफा घर आँगन स्वच्छताको पहिचान” भन्ने मूल नारा सहित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर वित्तीय साक्षरता, महिला सशक्क्तीकरण विषयमा जनचेतना कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरु तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रममा विशेष गरी गाउँलाई खुल्ला दिशा मुक्त्त बनाउन सबै चर्पीमा नै दिसा पिसाब गर्न, घर चोक बजार तथा अन्य सार्वजनिक स्थलहरु सफा राख्न जनचेतना दिएको थियो । कार्यक्रम कुनै एक संस्थाको नभई सरसफाई सबैको साझेदारीमा हुने भएकाले समुदायको मानिसहरुको उपस्थीतीमा सरसफाई गर्नु पर्ने र नगर्दा हुने बेफाइदाको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, कर्जा असुलि तथा व्यवस्थापन विभागका सुरेश खड्का, मटेहिया प्रहरी चौकीका प्रतिनिधि, मटेहिया अस्पतालका प्रतिनिधि, मटेहिया सशत्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सरसफाई कार्यक्रमसँगै मिर्मिरे लघुवित्तले वित्तीय साक्षरता महिनावारी सरसफाई लगाएतका विषयमा महिलाहरुलाई भिडियो सामाग्री प्रस्तुत गरेको थियो । संस्थाले स्थापनाकाल देखि त्यस क्षेत्रमा सरसफाई , घुम्टो प्रथा, छुवाछुतका विषयमा जनचेतना जगाउदै आइरहेको छ ।
संस्थाले त्यस क्षेत्रमा रहेको स्कुल , वडा कार्यालय, प्रहरी साथै अन्य निकाय समक्ष ध्यानकार्षण गराउदैँ परिवर्तनमा निमित्त सबैले आ– आफ्नो ठाउँबाट योगदान तथा सहयोग गर्न आग्रह गरेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सामाजिक तथा तालिम विभाग प्रमुखले परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबै लाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

2021-03-19

मिर्मिरे लघुवित्तद्धारा जनचेतना कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्तद्धारा जनचेतना कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी, बाँकेले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला बाके कोहोलपुर नगरपालिका वा.नं ९ स्थीत रेहेको कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज, लागु औषध व्युरो नियन्त्रण कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द नेपालगंज, चेन्ज टिम (परिवर्तन समुह)को संयुक्त आयोजनमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु, विद्यार्थी साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरु, विद्यार्थी तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरी डेंगू संक्रमणमा रोकथामका उपायहरु, लक्षण र असरहरुका बारेमा अडियो तथा भिडियो पावर प्वाइन्ट प्रेजेन्टेसन गरिएको थियो । डेंगूको लक्षण देखिने वितिकै नजिकैको स्वास्थ्य संस्था तथा चिकित्सकको सल्लाह लिन सुझाइएको थियो ।
कार्यक्रममा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्की, प्रहरी निरिक्षक डा. महादेव देउजा, लागु औषध व्युरो नियन्त्रणका प्रहरी निरिक्षक विर बहादुर थापा, चेन्ज टिम (परिवर्तन समुह)की कार्यक्रम संयोजक ईन्द्रा कु. जि.सि, मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, शाखा प्रबन्धक तेज ब. खत्री लगायतको उपस्थिति रहेको थियो ।
जनचेतना कार्यक्रममा लगु औषध सम्बन्धी र सुधार केन्द्रका काम र लगु औषध व्युरोले गर्ने मुख्य कामको बारेमा जनचेतना दिइएको थियोे । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको डेंगू संक्रमणका बारेमा पहिलो जनचेतना अभिान मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. गरेको हो ।
कार्यक्रमको समापनमा बोल्दै मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्कीले वित्तीय संस्थाको अगुवाईमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गर्न पाएको खुशी व्यक्त गरेक थिए । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले ले परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबै लाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

2021-03-19

संविधान दिवसको अवसरमा बृक्षा रोपण कार्यक्रम

संविधान दिवसको अवसरमा बृक्षा रोपण कार्यक्रम

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी, बाँकेले संविधान दिवसको उपलक्ष्यमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुर को मुख्य आयोजना तथा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पिपरी, बाँके को प्रमुख प्रायोजनमा र नेपालगंज उप महानगरपालिका , Clean Nepaljung Green Nepajung र शान्ति समृद्घि तथा बिकासको लागि स्वास्थ तथा हरित नेपाल को सहकार्यमा ल्यान्डफिल साइट नेपालगंज २३ , हिरमिनियामा बृक्षारोपण कार्यक्रम समपन्न गरेको छ ।
उक्त कार्यक्रममा करिब ५० जना भन्दा बढि स्थानिय मानिसहरुको उपस्थिति रहेको थियो । नेपालगंज उप महानगरपालिकाले र्भखरै उद्घाटन गरेको ल्यान्डफिल साइटमा १०० भन्दा बढि विरुवा रोपिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष टेक व. बहोरा, मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्की, प्रहरी निरिक्षक डा. महादेव देउजा, लागु औषध व्युरो नियन्त्रणका प्रहरी निरिक्षक विर बहादुर थापा, प्रहरी निरिक्षक गिरी भंडारी, चेन्ज टिम (परिवर्तन समुह)की कार्यक्रम संयोजक ईन्द्रा कु. जि.सि, व.डा नं २३ का वडा अध्यक्ष लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षक गिरी भंडारीले विरुवा रोप्ने काम भनेको जीवन जोगाउने काम हो, जस्को जे पेशा भए पनि हामीले विरुवा रोप्ने र जोगाउने गर्नुपर्छ भन्ने भनाइ रखेका थिए, त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष टेक व. वहोरा ले बृक्षा रोपण जस्तो पुनित कार्यमा हातेमालो गर्न पाउँदा खुशी लगेको बताउँदै आगामी दिनमा समेत परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।


Back To Top