Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


प्रहरीलाई मिर्मिरेको पिपिई तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


राजेश श्रेष्ठ
४ जेठ, काभ्रे

कोभिडको समयमा फ्रन्टलाइन सेवाप्रदायक मध्ये प्रहरीहरु पनि बढि जोखिममा पर्ने समुदाय भित्र पर्दछन् । झन नाकामा खटिएका प्रहरीहरुले आवतजावत गर्ने मानिसहरु तथा यातायातका सवारीहरु चेक जाँच गर्नुपर्ने अवस्थामा त अझ बढि सुरक्षा र सतर्कता अपनाउनु पर्ने हुन्छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयले आज पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग प्रदान गरेको छ ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले आज मंगलबार बिहानै साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरिक्षक शिब श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्रहरी सहायक निरिक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पिपिइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिए । यसले महामारीको अवस्थामा आफूहरुले अझ सहज तरिकाले कार्य गर्न सहयोग भएको र जनसमुदाय बिचमा आत्मियता बढेको बताए ।
त्यसैगरि आजै क्षेत्रीय कार्यालय बौनियाले इलाका प्रहरी कार्यालय सुखड, कैलालीमा पनि स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । संस्थाका क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्यले इलाका प्रमुख डिएसपि सागर बोहरालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।


आजै गोरखाको छेपेटार शाखा कार्यालयबाट बाह्र किलो प्रहरी कार्यालयका सई पर्शुराम जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शाखा कार्यालय प्रमुख सम्झना श्रेष्ठले जानकारी गराए ।


मंगलबार नै संस्थाको शाखा कार्यालय खोपवा, बाराले ईलाका प्रहरी कार्यालय बारागढी लाई ब्लक स्टेशन प्रमुख रामकिशोर चौधरीले स्वास्थ्य सामाग्री मास्क, सेनिटाईजर, ग्लोब्स लगायत सामाग्री वितरण गरेको छ । कोभिड १९ को बिषम परिस्थिमा सर्वसाधारणको सुरक्षमा अहोरात्र खटिने प्रहरीहरुलाई सो स्वास्थ्य समाग्रीले सहयोग पुग्ने प्रहरी निरिक्षक उमाशंकर प्रसाद गुप्ताले बताउनु भयो ।


अधिराज्य भरि ५८ वटा जिल्लमा १५० वटा शाखा संजाल विस्तार गरेर सेवा प्रदान गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कोभिडको यस समयमा वित्तीय कारोवार भन्दा सामाजिक सचेतनाका कार्यहरु गर्दै आएको छ । सदस्यहरुलाई फोनबाट कोभिड बारे जानाकारी र सचेतनाहरु दिने, विभिन्न स्थानमा सामाजिक संस्थाहरुसंग सहकार्य गरेर राहत एवं सहयोग वितरणको कार्य भइरहेको निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी गराउनुभयो ।







Back To Top